पोखरा । गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिनुभएको छ । दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ ।
गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो । भिडियोको निर्देशन नेत्र गुरुङले गर्नुभएको छ ।
प्रेमभावना र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन् ।
भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ । जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिनुभएको छ ।
राजु अधिकारी, क्षेत्र बहादुर गुरुङ र नीतु परियारको समेत अभिनय रहेको गीतबाट निर्माण पक्ष आशावादी रहेकोछ ।
भिडियोको छायांकन प्रकाश गुरुङ काशले गर्नुभएको छ । पोखराको प्राकृतिक सुन्दरता र कलाकारहरूको अभिव्यक्तिलाई आकर्षक रूपमा कैद गर्न उहाँ सफल देखिन्छन् ।
गीत र भिडियो दुवै मिलेर राम्रो निर्माण भएको यो ‘झरी’ गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । गीतलाई आशिष दियालीको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।













