पोखरा । स्थानीय महको प्रयोगलाई प्रवद्र्धन गर्दै मौरीपालन व्यवसायलाई थप सशक्त बनाउने लक्ष्यका साथ पोखरामा “मौरी तथा मह मेला–२०८२ हुने भएको छ ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा–१६ वडा कार्यालय तथा वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा उक्त मेला गर्न लागिएको हो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पोखरा–१६ तथा वडास्तरीय कृषि सञ्जाल–१६ को संयुक्त आयोजनामा उक्त मेला हुने भएको हो ।
मेला मंसिर २६ गते पोखरा (१६ स्थित महेन्द्रगुफा परिसरमा बिहान साँढे १० बजेबाट सुरु हुनेछ ।
महोत्सवमा उत्कृष्ट मौरीपालकलाई सम्मानसहित मह काढ्ने प्रतियोगिता, कृषकबिच वक्तृत्वकला प्रतियोगिता, मौरीपालनबारे खुला हाजिरीजवाफ जस्ता गतिविधि हुने आर्थिक पोखरा महानगरका विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । “महोत्सवमा स्थानीय मह प्रवर्धन, मह काढ्ने प्रविधि प्रवर्धन गरिनेछ,” उहाँले भन्नुभयो, “सँगसँगै स्थानीय मह बिक्रीसमेत हुनेछ ।”
वडा स्तरीय कृषि सञ्जालका अध्यक्ष जितबहादुर बस्नेतले महोत्सवमा पोखराका ३३ वटै वडाबाट मौरीपालक कृषकहरुको सहभागिता रहने बताउनुभयो । महानगरले वडा नम्बर १६ नम्बर वडालाइ पनि मौरी पकेट क्षेत्र घोषणा गरेको छ । यो वडामा मात्र पाँच सय मौरी पालक रहेको बस्नेत बताउनुहुन्छ । यो वडामा चार सय घर सेरेना र करिब दुई सय घार मेलिफेरा जातका मौरीपालन रहेको उहाँको भनाइ छ ।
पोखरा महानगरले मौरीपालनलाई प्रोत्साहन गर्न समर्थन मूल्य तोकेको छ । अहिले यहाँका किसानले स्थानीय मह किलोको एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री गर्दै आएका छन् । मह बिक्री नभए महानगरले तोकिएको समर्थन मूल्य किलोको आठ सय २५ रुपैयाँ दिइने जनाउँदै महाशाखा प्रमुख कडरिया समर्थन मूल्य दिनुपर्ने अवस्था नरहेको र माग नै पूरा नभएको जनाउनुहुन्छ ।
पोखरा महानगरको कृषि भूमी घट्दै गएको छ भने मुख्य बजार क्षेत्रमा आवास बन्ने क्रम तीव्र छ । मौरीपालनबाट एकातिर मह आपूर्ति हुनुका साथै अर्कातिर हरियाली विस्तार, खाद्यान्न, तेलहन लगायतका बालीको वृद्धि हुने अपेक्षा गरिएको छ । पोखरा उपत्यकामा गरिएको मौरीपालनबाट वार्षिक ९० टन मह उत्पादन हुने कृषि विकास महाशाखाको तथ्याङ्क छ ।
आयोजकले पोखरा तथा आसपासका सम्पूर्ण मौरीपालक कृषक, कृषि उद्यमी, विद्यार्थी तथा उपभोक्तालाई मेलामा उपस्थित भई मौरीपालनप्रति रुचि बढाउन र स्थानीय महको प्रयोगलाई प्रोत्साहन गर्नपनि आग्रह गरेका छन् ।













