फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक : अस्ट्रेलियाली सपना, संघर्ष र देशप्रेमको कथा (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । शोभित बस्नेत निर्देशित बहुप्रतीक्षित फिल्म ‘पीआर : पर्मानेन्ट रिसिडेन्ट’ को ट्रेलर मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । करिब ३ मिनेटको ट्रेलरले विदेशमा अध्ययन गर्न अस्ट्रेलिया पुगेका नेपाली युवाको सपना, चुनौती र भावनात्मक यात्रालाई देखाएको छ ।

फिल्मले विशेषगरी ऋणधन गरेर अस्ट्रेलिया पुग्ने धेरै नेपाली विद्यार्थीको वास्तविक संघर्षलाई कथाको केन्द्रमा राखेको छ ।
ट्रेलरमा विदेशमा भोगिनुपर्ने आर्थिक, मानसिक र व्यवहारिक चुनौतीसँगै ‘सपना पूरा गर्न के–के सहनुपर्छ’ भन्ने यथार्थ देख्न सकिन्छ ।
साथै, विदेशमा भए पनि मातृभूमिप्रतिको भावनालाई फिल्मले महत्वपूर्ण रूपमा उठाएको निर्देशक बस्नेतले बताउनुभयो ।

फिल्म प्रवद्र्धनका लागि कलाकार सुरज पौडेल र विनिता कार्की काठमाडौं आइपुग्नुभएको छ । उहाँहरूलाई साथ दिने कलाकारमा राजन कुवँर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल रहेका छन् ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्तामा रञ्जित साह र सन्तोष तिवारीको छ । फिल्ममा लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहालको रहेको छ ।

गणेश बुढाथोकीको लेखन रहेको फिल्मको छायाङ्कन सौरभ सायमी र सौरभ लामाले र सम्पादन बन्दे प्रसादले गर्नुभएको हो ।
फिल्ममा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

नेपाली युवाको विदेश यात्रामा जोडिएका सपना र संघर्षको वास्तविकता चित्रण गर्ने फिल्म ‘पीआर’ २६ मंसिर (१२ डिसेम्बर) मा प्रदर्शन तयारीमा छ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला