समावेशी समाजको सन्देशसहित आज ३४औं अन्तर्राष्ट्रिय दिवस देशभर मनाइँदै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, मंसिर १७ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस बुधबार९आज० देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

सरकार, सरोकारवाला निकाय, नागरिक समाज तथा अपाङ्गता क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले सचेतनामूलक र प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गरेका छन् ।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ का दिन विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिको हक, अधिकार, समान सहभागिता तथा मर्यादामय जीवन सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ ।

यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन स् सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ । जसले विकास प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको समावेशी सहभागिता अपरिहार्य रहेको सन्देश प्रवाह गरेको छ ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिको सहज जीवनका लागि कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर तथा सार्वजनिक संरचनाहरूलाई अपाङ्गता मैत्री बनाउनु नितान्त आवश्यक रहेको सरोकारवालाहरूले औंल्याएका छन् ।
र्
याम्प, ब्रेल लिपि, संकेत भाषा, श्रवण सहायक उपकरण, अपाङ्गमैत्री शौचालय र सूचना प्रणालीको विकास नगरी समावेशी समाजको निर्माण सम्भव नहुने उनीहरूको भनाइ छ ।

त्यस्तै यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभएको छ ।

उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यद्वारा प्रदत्त सबै सुविधा र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

राष्ट्रपति पौडेलले अपाङ्गता भएका नागरिकलाई राज्यको मूलधारमा सम्मानजनक सहभागिता दिलाउन सरकार, निजी क्षेत्र र समाजको संयुक्त प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

यस्तै यस अवसरमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँद्वारा जारी शुभकामना सन्देशमार्फत सरकारले अपाङ्गता भएका व्यक्तिको शिक्षामा पहुँच, स्वास्थ्य सेवाको उपलब्धता, रोजगारीको अवसर, सामाजिक सहभागिता, सामाजिक सुरक्षा तथा पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला