प्राज्ञिक विद्यार्थी परिषद नेपालको ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने देशव्यापी अभियान सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्राज्ञिक विद्यार्थी परिषद नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सदाचार र सुशासन प्रवद्र्धन गर्ने राष्ट्रव्यापी अभियान २०८२ सुरु गरेको छ ।

अभियानको औपचारिक शुभारम्भ बुधबारबाट भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा परिषदका राष्ट्रिय सचिव दिप्सन गुरुङले देशमा सकारात्मक रूपान्तरण ल्याउन नागरिकमा अनुशासन, नैतिकता, चरित्र, इमान्दारिता र राष्ट्रिय दायित्वबोध अपरिहार्य भएको बताउनुभयो ।

वर्तमान सामाजिक र राजनीतिक अवस्थालाई ध्यानमा राख्दै व्यक्ति निर्माणमार्फत मात्र राष्ट्र समृद्ध बन्ने अवधारणासहित सो अभियान अघि बढाइएको उहाँको भनाइ छ ।

गुरुङले भन्नुभयो,“जब सम्म व्यक्ति निर्माण हुँदैन, तबसम्म समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन । तसर्थ “नागरिकलाई इमान्दार, नैतिकवान् र अनुशासित बनाउने दीर्घकालीन उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको हो।”

उहाँका अनुसार यस अभियान अन्तर्गत देशभरका युवा विद्यार्थीहरूबाट सुझाव सङ्कलन, राष्ट्रका लागि संकल्प अभियान, क्याम्पस र कलेजस्तरमा सकारात्मक संवाद शृङ्खला, युवा उत्प्रेरणा कार्यक्रम, साहित्य, पर्चा तथा पोस्टरमार्फत नागरिक कर्तव्यको प्रचार–प्रसार, साथै नागरिक गोष्ठीहरू सञ्चालन गरिनेछ ।

यी कार्यक्रमहरु मार्फत युवामा राष्ट्रप्रतिको जिम्मेवारीबोध, समर्पण र सकारात्मक सोच विकास गर्ने लक्ष्य लिइएको परिषदले जनाएको छ ।

यस्तै परिषदका गण्डकी प्रदेश सचिव सन्तोष शर्मा पौडेलले प्राकृतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा नागरिकको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले अभियानले नागरिकलाई आफ्नो कर्तव्य सम्झाउन र जिम्मेवार बनाउने दिशामा योगदान र्पुयाउने विश्वास व्यक्त गर्नुभयो ।

परिषदले मुलुकमा बढ्दै गएको नैतिक विचलन, भ्रष्ट आचरण र जिम्मेवारीहीन प्रवृत्तिलाई न्यूनीकरण गर्दै नैतिक नेतृत्व र सचेत नागरिक उत्पादनमा अभियानले टेवा र्पुयाउने विश्वास लिएको छ ।

अभियान गण्डकी प्रदेशमा मात्र सञ्चालन नभई देशका सातै प्रदेशमा हुने परिषद्ले जनाएको छ । हाल यस परिषदमा देशभरबाट १० हजार भन्दा बढी सदस्यहरू छन् भने गण्डकी प्रदेशमा मात्र २ हजार ६ सय २७ सदस्यहरु छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला