एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रममा ‘एभरेस्ट कक्ष’का लागि थप १ लाख प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर ११ । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो ।

एफएमको पाचौ वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।
सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो, तेश्रो र चौथो वार्षिकोत्सवको अवसरमा क्रमशः पहिलो, दोश्रो र किस्ता गरेर ३ लाख ३ रुपैयाँ प्रदान गरिसकेको थियो ।
यस वर्ष प्रदान गरेको रकम एफएमको चौथो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उहाँले भन्नुभयो,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो चौथो किस्ता हो ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत मंसिर ६ गते आयोजना गरेको रक्तदान कार्यक्रमान १५१ युनिट रगत संकलन भएको थियो ।

कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेकाले सोहि अनुसार अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा एभरेस्ट एफएमले होष्टेमा हैंसे गरेको भन्दै धन्यवाद दिनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य सरोज श्रेष्ठले राख्नुभएको थियो ।

एभरेस्ट एफएमको बेष्ट स्टाफ अफ दी ईयर रेजिना कटुवाल

यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ रेजिना कटुवाल हुनुभएको छ । एफएमले वर्षभरी काम गरेको आधारमा कटुवाललाई स्टाफ अफ दी ईयर घोषणा गरेको हो । कटुवाल काम विशेषले पोखरा बाहिर रहेकाले वार्षिकोत्सव समारोहमा घोषणा मात्रै गरिएको थियो । उहाँलाई कुनै विशेष अवसर पारेर पुरस्कार प्रदान गरिने सम्पादक श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र छ ।

एभरेस्ट एफएमद्धारा घरबेटीलाई सम्मान

यसैबीच एफएमले घरबेटी पुष्पेन्द्रबहादुर कोईरालालाई सम्मान गरेको छ । आर्थिक मन्दीको समयमा घरभाडा छुट दिएका घरबेटी कोईरालालाई एफएमले पाचौं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । उनलाई एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठलगायतले फेटा, माला लगाएर सम्मान गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला