चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर ०९ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ ।
आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला