निःशुल्क आँखा परीक्षण शिविरमा २९६ विद्यार्थी लाभान्वित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लायन्स क्लब अफ पोखरा अभियानले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरबाट २ सय ९६ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

पोखरा–१४, छिनेडाँडास्थित श्री शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा आईतबार शिविर सम्पन्न गरिएको हो ।

शिविरको उद्घाटन आईपीडीजी विनोद ढुङ्गाना र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले संयुक्त रूपमा गर्नुभएको थियो ।

उद्घाटन समारोहका क्रममा हिमालयन आँखा अस्पतालका प्राविधिक सुबास नेपाललाई औषधि किट हस्तान्तरण गरिँदै कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रम संयोजक राजेन्द्र मानन्धरले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको आँखा स्वास्थ्य पहिचान र सचेतना अभिवृद्धिमा यस्तो कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

विद्यालयका सह–प्रधानाध्यापक दिलीप पनेरू र विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञेश्वर पोखरेलले शुभकामना व्यक्त गर्दै स्वास्थ्य परीक्षणले विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

शिविरमा २ सय ९६ विद्यार्थीले आँखा परीक्षण गरेका मध्ये ७ जनालाई चस्मा र १७ जनालाई औषधि निःशुल्क वितरण गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष विनोद राज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा Sight for Kids कार्यक्रमका जिल्ला कार्यकारी संयोजक मिलन के.सी.को विशेष उपस्थिति रहेको थियो । यस्तै औपचारिक कार्यक्रमको सञ्चालन भने क्लबका सचिव सुशील दाहालले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला