बालाचतुर्दशीको अवसरमा पोखराका शिवालयहरूमा भक्तजनको भीड, पितृको नाममा बिहानै शतबीज छरियो

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर ३ । बुधबार (आज)मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व, देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी मनाइएको छ ।

यस पर्वको अवसरमा पितृहरूको सम्झनामा हिजो साँझ जाग्राम बसेका भक्तजनहरुले आज बिहानै विभिन्न तीर्थस्थलमा शतबीज छरेका छन्।

त्रयोदशीको बेलुकीदेखि दिवंगत आत्माका नाममा अखण्ड महादीपदान गर्दै जागाराम बस्ने परम्परा अनुसार भक्तजन रातभर पूजा–अर्चना र भजनसङ्गतमा सहभागी हुने धार्मिक परम्परा छ ।

पोखराको भलाम स्थित हरिहर गुफा सन्यास आश्रम, घार्मीको ओमकारेश्वर महादेव मन्दिर, सदाशिव मन्दिर, सन्तानेश्वर शिव मन्दिर, सुरथेश्वर, लामाचौर, मासबारको पुश्करेश्वर शिव मन्दिर, काउरेस्थित अम्मरेश्वर आश्रमदेखि लिएर देशभरका विभिन्न शिव मन्दिरहरूमा आज बिहानै शतबीज छरिएको छ ।

विषेशगरी यस दिन श्रद्धालुहरूले धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाइएको सातप्रकारका अन्न शतबीजका रूपमा छरेर पितृ आत्माको शान्तिको कामना गर्ने गर्छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला