चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा र महासचिवमा खगेन्द्र लामिछाने विजयी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनमा सुब्बाले अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गर्नुभयो । सुब्बाले १५३ र थापाले १२७ मत प्राप्त गर्नुभयो ।

महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित हुनुभयो । उहाँले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गर्नुभयो ।
लामिछानेले १५२ र नेपालीले १२५ मत प्राप्त गर्नुभयो ।

सचिवमा युवराज गिरी निर्वाचित हुनुभएको छ । उहाँले सोही पदका अर्का प्रत्यासी किसान पोखरेललाई पराजित गर्नुभयो ।
गिरीले १५९ र पोखरेलले ११२ मत प्राप्त गर्नुभयो ।

सोमबार राजधानीमा आयोजित संघको १९ औं वार्षिक साधारण सभाको क्रममा नयाँ कार्यसमितिको चुनाव आयोजना गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष सुब्बाले एसएस इन्टरटेनमेन्ट प्रालिको प्रतिनिधिको रुपमा चुनाव लड्नुभएको थियो ।

उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यमा सर्वसम्मत

उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिनुभएको छ । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।

निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला