ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर १ । पोखरामा महानगर पालिका वडा ६ बैदाममा अवस्थित श्री ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन हुनुभएको छ ।
सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारी लाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नौ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन् ।

त्यसै गरि वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्त बहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका छन् ।
नेपाल सरकारको शिक्षा ऐन नियमावली अनुसार ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ तारा प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
नव नियुक्त पदाधिकारीहरूलाई सोमबार नै पदस्थापन गरिएको थियो ।

नव नियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत उहाँ पर्यटन व्यवसायी तथा समाजसेवी एवं शिक्षा सेवीका रुपमा प्ररिचित व्यक्ति हुनुहुन्छ ।
अध्यक्षमा सर्वसम्मत भइसकेपछि पहारीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने बताउनुभयो । विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
पोखरामा महानगर पालिका वडा नं–६का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दै, विद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फ बाट सहयोग गर्न सदैव तयार रहेको सुनाउनुभयो । शिक्षाले ब्यक्तिलाई आत्मनिर्भर आत्मविश्वासी बनाउने धारण राख्नुभयो ।
प्रधानध्यापक पोखरेलले नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला