धन बहादुर गुरुङ (सुमन)लाई युवा पत्रकारिता पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १ मंसिर । मेजर लक्ष्मी प्रसादरहुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसादरहुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ ।

फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।
छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ रहेका थिए ।

सम्मानित हुन लागेका २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफ.एमबाट प्राविधिकका रुपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएका गुरुङ एफएम रेडियो हुदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आउनुभएको छ । हाल उहाँ समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस)सँग आवद्ध हुनुहुन्छ ।

उहाँ नेपाल पत्रकार महासंघ कास्कीमा सहसचिव, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव हुनुहुन्छ । उहाँ यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मानित भईसक्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला