पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, कार्तिक ३० । पोखरा जेसीजको ४६ औं शाखा अधिवेशन तथा ५१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । उक्त अधिवेशनले वर्ष २०२६ का लागी नयाँ नेतृत्व चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा जेसी सुमन पहारी ५० मतका साथ निर्वाचित हुनुभएको छ ।

उहाँले अध्यक्ष पदका अर्का उम्मेदवार अन्नत प्रधानाङ्गलाई २६ मतान्तरले पराजित गर्न सफल हुनुभएको हो । ७८ मतदातासूची रहेको उक्त निर्वाचनमा जम्मा ७४ मत मात्र खसेको थियो ।
मतपेटिकामा खसेको कुल मतमध्ये प्रधानाङ्गलाई जम्मा २४ मत मात्र प्राप्त भएको थियो । त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानाङ्गबीचमै सीमित भएको थियो ।

यस्तै नयाँ कार्यकारिणी उपाध्यक्षमा जेसी रबिन्द्र गोदार र उपाध्यक्षहरुमा जेसी सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस तथा मुकेश अर्याल चयन भएका छन् ।
महासचिवमा जेसिज सन्जय पौडेल, कोषाध्यक्ष जेसिज राजकुमार बोहोरा, सचिव जेसिज मिना कुमारी थापा र कानुनी सल्लाहकार जेसिज श्रीकृष्ण सुनार निर्वाचित भएका छन् ।

त्यस्तै निर्देशक पदमा जेसि बिनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, बिबेक सापकोटा लगायत विजयी भएका छन् ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसीजका पूर्व अध्यक्ष निर्वाचन आयुक्त गणेश गिरीले जानकारी गराउनुभयो ।

नयाँ नेतृत्वले २०२६ का लागी संस्थालाई थप सक्रिय, प्रभावकारी र समुदायमुखी बनाउने पहारीले प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला