नेपाली क्रिकेटको सर्वाधिक महँगो प्रतियोगिता एनपीएल–२ आजबाट सुरु हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, मंसिर १ । देशकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपीएल) २ सोमबार (आज) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

सुरुवातको उद्घाटन खेल अघिल्लो संस्करणका च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुँदैछ । खेल आज दिउँसो ४ बजे हुनेछ ।

यस एनपीएल–२ मा यसपटक ८ टिम प्रतिस्पर्धामा छन् ।
जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स रहेको छ ।

हरेक टोलीमा राष्ट्रिय तथा विदेशी स्टार खेलाडीको मिश्रण रहने भएकाले यो संस्करण झनै रोचक हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार एनपीएल २ का विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । यस्तै र तेस्रो हुनेले २५ लाख र चौथोले १५ लाख नगद पुरस्कार पाउनेछ ।

यस एनपीएललाई दक्षिण एसियाकै उदाउँदो फ्रेन्चाइज लिगका रूपमा पनि हेरिन् थालिएको छ। यस प्रतियोगिता हेर्नको लागि केही समय अगाडि क्यानले टिकट शुल्क समेत विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

जसअनुसार सामान्यतर्फ ५ सय र प्लेअफ र फाइनलमा १ हजार, भिआइपीको लागि १ हजार साथै प्लेअफ र फाइनलमा २ हजार तोकेको छ भने सिजन पास १५ हजार कायम गरेको थियो ।
क्यानले यो दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला