कास्की आइडलमा गायन तर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा अर्को चरणका लागि छनोट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मङ्सिर १ । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।
कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गर्नुभयो ।

सो अवसरमा वडा नं. २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य, महव तथा प्रतिभा उजागर गर्ने भूमिकामाथि प्रकाश पार्नुभयो । स्वागत गीत सनम गुरुङले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा गायनतर्फ १४ प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । छनोट भएर सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक सुनार, दीक्षा गुरुङ, शिखा पुलामी र श्याम सुनार आगामी चरणमा प्रवेश गर्न सफल भएका छन् ।

त्यसै गरी नृत्यतर्फ १२ अर्को चरणका लागि छनोट भएका छन् । कृपा वि.क., भीमकुमारी रोका, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, प्रनिशा लामिछाने, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर अर्को चरणका लागि चयन भएका छन् ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले धन्यवाद व्यक्त गर्दै चयन भएका प्रतिभालाई बधाई तथा आगामी चरणमा शुभकामना दिनुभयो ।
उहाँका अनुसार कास्की आइडल २०८२ प्रतिभाहरूलाई पहिचान, मञ्च र अवसर प्रदान गर्ने यात्रामा निरन्तर अगाडि बढ्ने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला