‘मिसेस नेपाल वल्र्ड २०२५’ को उपाधि रक्षा पन्तलाई

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जित्नुभएको छ ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित नेपाल पुलिस क्लबमा शनिबार भएको ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि चुम्नुभएको हो ।

फिनालेमा प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ भन्ने निर्णायक प्रश्नको जवाफ दिनुभएको थियो ।

मस्ट फोटोजेनिकको उपाधि जितेकी उहाँले अमेरिकामा आयोजना हुने बताइएको ‘मिसेस वल्र्ड २०२६’ को प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गर्नुभएको छ ।

मिसेस नेपाल वल्र्डमै विद्या चौहान फस्ट रनर्सअप, एलिना केसी सेकेन्ड रनर्सअप, निर्मला सुनुवार थर्ड रनर्सअप घोषित भएका छन् ।

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल हुनुभयो । दीपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको विजेता हुनुभयो ।

मिसेस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र एमएस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।

उक्त अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्‍याए वापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला