डा.भण्डारीको एलओडीमा एकल कन्सर्ट

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले शनिबार साँझ ठमेलस्थित एलओडीमा एकल कन्सर्ट प्रस्तुत गर्नुभएको छ ।
कन्सर्ट ‘नीलो आकाश’ गीतबाट सुरु गर्नुभएको कलेजो प्रत्यारोपण विशेषज्ञ भण्डारीले करिब दुई घण्टासम्म आफ्नै ७ सहित १८ वटा गीत प्रस्तुत गर्नुभयो ।

When Profession Meets Passion, Magic Happens’ नामक सांगीतिक कार्यक्रममा उहाँलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टोलीले साथ दिएको थियो ।

झण्डै १८ वर्षदेखि चिकित्सकीय क्षेत्रमा सक्रिय भण्डारीका ओढेर पछ्यौरी, सकिएन, धन्यवाद, कसरी भनूँ, तिम्रो नै माया, एउटा जीवन लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

डा.भण्डारीले चिकित्सा पेशामा आफू आबद्ध भएकाले सांगीतिक कार्यक्रम गर्नु नौलो अनुभव भएको बताउनुभयो । उहाँले पेशासहित प्यासनलाई पनि जीवन्त राख्न आफूले सांगीतिक प्रस्तुति दिएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला