नगेन सिंहको त्रिकोण क्यानभासमा मुस्ताङको ऋषि गुम्बा

नगेन न्यूज
  • ख-
  • ख+

मुस्ताङ । त्रिकोण चित्रकला शैलीका प्रख्यात कलाकार तथा विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले आफ्नो ‘नेपाल कला यात्रा’ अभियान अन्तर्गत मुस्ताङ जिल्लाको मार्फा पुगेर थकाली समुदायको धार्मिक स्थल ऋषि गुम्बालाई आफ्नै विशेष त्रिकोणीय क्यानभासमा चित्रकला सिर्जना गर्नुभएको छ ।

प्राज्ञ ठकुरीका अनुसार यो चित्रकर्म नेपालको आध्यात्मिक, वैज्ञानिक, साहित्यिक, सांस्कृतिक र दार्शनिक विशेषता समेटिएको “विश्वका लागि प्रेरणादायक सन्देश” हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार, “हामी सुस्ताएका छैनौं, हामी ऊर्जाशील थियौं, छौं, र रहने छौं।”

कलाकार सिंह ‘नेपाल कला यात्रा’ नामक चित्र–पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ । यस पुस्तकमा नेपालका ७७ वटै जिल्लाका विशिष्ट स्थान र संस्कृति झल्काउने चित्रहरू समावेश गरिनेछ । यो पुस्तक विश्वका विभिन्न देशका विश्वविद्यालय र पुस्तकालयमा त्यसै देशको मातृभाषामा ५०० प्रति निःशुल्क वितरण गरिने योजना छ ।

उहाँको उद्देश्य, नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने अभियानलाई कला माध्यमद्वारा गति दिने हो । यस कार्यमा पूर्व प्रधानमन्त्रीदेखि गायकगायिका, निर्देशक, धर्मगुरु, पत्रकार, राजनीतिज्ञ लगायत १५०० भन्दा बढी व्यक्तित्वहरू सहभागी भइसकेका छन् ।
हालसम्म एक सय रुपैयाँ एवं सो भन्दा बढी योगदान पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा र माधवकुमार नेपाल, उप प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री पूर्ण बहादुर खड़का, पूर्व मन्त्री गगन थापा, पूर्व मुख्यमन्त्री खगराज अधिकारी, पुर्व शिक्षा मन्त्री विद्या भट्टराई, संस्कृति मन्त्री बद्रि पाण्डे,प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी, शिव नेपाली , गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, प्रदेश सांसद सरस्वति गुरुङ, कलाकार, पत्रकार, शिक्षाविद, युनाइटेड क्लव पोखरा(पोखरा महोत्सव), लेखनाथ उद्योग वाणिज्य ( लेखनाथ महोत्सव), परिर्वतनको लागि हामी अभियान नेपाल, धर्मगुरु, साहित्यकार, व्यवसायी देखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्मा, अशेष मल्ल, बिजय विस्फोट, निर्देशक अनुप बराल, मिलन चाम्स, नेपाली हिपहप म्यूजिकका संरक्षक ¥यापर सुरेन्द्र गुरुङ ( हाकिम ), गायक गायीका ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान, रचना रिमाल, दिपक बज्रचार्य, प्रकाश दुतराज, टिका प्रसाई, रितु कडेल, डिजे नान र सुप्रिम मल्ल ठकुरी लगायत सहभागी भै सकेका छन् ।

प्राज्ञ नगेन सिंह ठकुरीलाई २०८० वैशाख १ गते राष्ट्रपतिबाट “प्रबल जनसेवा श्री” मानपदवी प्रदान गरिएको हो ।
यसअघि उहाँले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्य (२०७१), स्वर्ण पदक (२०७४), अरनिको युवा पुरस्कार, राष्ट्रिय ललितकला प्रदर्शनी पुरस्कार, पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार, सान्वना पुरस्कार, लगायत दर्जनौं सम्मान प्राप्त गरिसक्नुभएको छ ।

उहाँले हालसम्म १२ वटा एकल प्रदर्शनी, र सयौं सामूहिक प्रदर्शनमा भाग लिइसक्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला