
काठमाडौं । र्यापर मनोज ओलीले नयाँ र्याप गीत सार्वजनिक गर्नुभएको छ ।
गीतमा नेपाली समाजको चित्रण गरिएकोछ । जुन ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ ।
मुकुन भुुसाललगायत कलाकारको अभिनय रहेको भिडियोको निर्देशन निकेश खड्काले गर्नुभएको छ ।
यो गीत देशको परिस्थितिका कारण बिदेशीन बाध्य बनेका आम नेपाली युवायुवतीहरूको आवाज हो, उनीहरुको संघर्ष र पीड़ा भित्रको चीत्कार हो जो जीवनका सामान्य आधारभुत सपना पुरा गर्न समेत विदेशीन बाध्य भएको देखाइएको छ ।
गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्ने नेताहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्यापमा सुन्न सकिन्छ ।
राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्यापले देखाएको छ ।
अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई र्यापले चित्रण गरेको छ ।