पोखरा, जेठ ३० । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८१ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार,कला क्रान्ति वर्ष काटुनिष्ट र समीक्षक घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८१ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ८४ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट, पत्रकार, लेखक, समिक्षक र बिद्यार्थीलाई पनि थप गरेर उत्कृष्ट तीन पाठकले छान्नुभएको छ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई जेठ १५ गते सम्म मत दिने समय रहेको थियो ।
कला क्रान्ति वर्ष समीक्षक २०८१ घोषणा
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०८१ सालमा कला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक लेखरचना, कला समिक्षा मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका १३ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट ३ कला क्रान्ति बर्ष मुर्तिकारहरु वासुदेव पौडेल, सुशीला तमाङ र र सुशीला तमाङ भएका छन् ।
मनोनयनमा भएका १३ कला समिक्षकमा ठाकुर मैनाली, डा. याम प्रसाद शर्मा, ज्ञानेन्द्र विवश, रेनुका ढकाल, सुहत नेपाल, तिर्थ निरौला, सुनिल पौडेल, वासुदेव पौडेल, केशवराज खनाल, सुमन के.सी., सरीता तमाङ्ग, ओम हमाल र सुशीला तमाङ रहेका थिए ।














