
कास्की । अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा द्वन्द्वकालमा शहीद भएका कृणबहादुर गुरुङको स्मृतिमा सालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सालिक अनावरण गर्नुभएको थियो ।
प्रमुख अतिथि गगन थापाले द्वन्द्वकालीन पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्दै युवाको नेतृत्वमा देश विकास गर्ने योजनाको चर्चा गर्नुभयो ।
कार्यक्रममा अन्नपूर्ण–४ का वडा अध्यक्ष आइन्दल गुरुङ, गाउँपालिका अध्यक्ष बिष्णु केसी, छिमेकी पालिकाका अध्यक्षहरू, र कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्मा तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो ।
शर्माले कृणबहादुर गुरुङको जीवनी प्रस्तुत गर्दै स्थानीय धार्मिक स्थल भुमेथान र निर्माणाधीन हनुमान धामको ऐतिहासिक र धार्मिक महत्वबारे प्रकाश पार्नुभएको थियो ।
शहीदका छोरा विजय गुरुङले भावुक मन्तव्य राख्दै युवाको भूमिका सुनिश्चित गर्न आग्रह गर्नुभएको थियो ।
साथै, धार्मिक स्थलहरूको संरक्षण तथा प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित हुने बताउनुभएको थियो ।
इन्जिनियर महेन्द्र पौडेलले कार्यक्रमको जानकारी दिनुभएको कार्यक्रमको समापन अन्नपूर्ण–४ कांग्रेस सभापति मानबहादुर केसीले गर्नुभएको थियो ।