एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने

सुबी गुरुङ
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९ औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिबारदेखि सुरु गरिएको छ ।

अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंकक, थाइल्याण्डमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ । तीन दिन सम्म चल्ने सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रम आयोजना गरिनेछ भने बाँकी अनौपचारिक तथा पर्यटकीय हुनेछन्।

तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनरसमेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोखरेलले जानकारी दिए । सो रकममा प्रतिनिधिहरुले क्रुज सयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्नेछन् ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, रविना थापा, डा. बद्री केसी लगायत संघका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ । सम्मेलनमा पूर्वअध्यक्षहरुसमेत विषेश अतिथिको रुपमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

२५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षक हरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, विभिन्न देशका विज्ञहरु, अभियानकर्मीहरु, गैरआवासीय नेपाली, सञ्चारकर्मीलगायतको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरतालगायत संस्थागत एकताको बारेमा छलफल हुने बताइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला