एन प्याव्सनको वादविवाद प्रतियोगितामा करुणा प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
एन प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा युनिभर्स इङ्लीस वोर्डिङकी करुण शर्मा प्रथम भएकी छन् ।
प्रतियोगितामा पुष्पसदन एकेडेमीका रिजन अधिकारी द्धितीय भए । त्यसैगरी हेमजा वोर्डिङ स्कूलकी सोनिका पोख्रेल, ज्ञानज्योति वोर्डिङ स्कूलकी सवानी परियार, ज्ञानज्योति विद्या कुञ्जकी खुशी गुरुङ तथा डायमण्ड मोडेल स्कूलकी कृपा अधिकारी तृतीय भएका थिए ।
कार्यक्रममा विजयी विद्यार्थीलाई नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुवाष न्यौपाने, शिक्षा विद् आरसी खनाल, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मायाँको चिनो र मेडल प्रदान गरेका थिए ।
एकात्मक शासन भन्दा सङ्घात्मक शासन वेस भन्ने विषयमा भएको प्रतियोगिताममा ३३ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक रमेशराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा डा. यान बहादुर क्षेत्री, सहप्रध्यापक भिमनाथ बराल र डा.भूमिराज वस्ताकोटी निर्णायकमा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रश्न सोधाइले नै नयाँ ज्ञानको उचाईमा पु¥याउने बताए ।
‘सयौ अनुत्तरीत प्रश्नबाट नै नयाँ नयाँ ज्ञानको सृजना हुन्छ’ उनले भने,‘ प्रश्न भन्दा माथी कोहि पनि छैन, प्रश्न गर्ने क्षमता राख्नुपर्दछ ।’
उनले जिज्ञासु शोभाव म¥यो भने वैज्ञानिक चेत मर्ने बताउँछै प्रश्न सोध्न कहिल्यै पनि पछि नपर्न विद्यार्थीलाई आग्रह गरे ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक राजु केसी, सचिव मनकाजी गुरुङ, कार्यक्रमका सदस्य हरिराज अधिकारीले बोलेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला