सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा रिजनल हस्पिटल प्रा.लि. जिरो कि.मी. पोखरा को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर तथा प्राविधिकहरुको सहयोगमा मुटु रोग तथा महिला प्रसुती तथा स्त्री रोग, सुगर, प्रेसर, ल्याब, ईको, इसिजि सेवा निःशुल्क सेवा प्रवाह गरिएको थियो ।

यसै गरी रिजनल हस्पिटलबाट बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मनोज कोइरालाको नेतृत्वमा बरिष्ठ स्त्रीरोग तथा प्रसुती रोग बिशेषज्ञ डा. तारा गुरुङ शाही, वरिष्ठ कन्सल्टेन्ट फिजियोथेरापिष्ट डा. शुरेश पहारी सहित १० जनाको नेतृत्वमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्की अध्यक्ष याम बहादुर हमालले वर्तमान अवस्थामा केहि सहकारी संस्थाहरुमा समस्या देखा परेको छ तर समुदायमा आधारीत संस्थाहरु वलिया मात्र होईनन् सवै कुरामा सक्षम पनि छन् भन्ने कुरा यो संस्थाले प्रमाणित गरेको छ । उहाँले सामुदायिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरेका काम कार्यवाही सन्दर्भमा प्रशंसा गर्नुभएको छ ।
कार्यक्रममा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मनोज कोइरालाले संस्थाले सामुदायिक उत्तरदायित्व अन्तर्गतको स्वास्थ्य शिविर कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

स्वास्थ्य शिविरमा ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भू.पू. परिवार कास्कीको पुर्व अध्यक्ष फम सिंह, ठकुरी युवा परिवार कास्कीको अध्यक्ष रमेश हमाल, रिजनल हस्पिटल प्रा.लि.को अध्यक्ष सबिन अधिकारी लगायतको उपस्थिति रहेका थियो ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजाराम शाही को अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविर कार्यक्रममा जम्मा ७० जना सदस्यहरुले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा लिएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला