हाइकर्स क्लब नेपालको साधारण सभा हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय स्थापना गरि पोखरा र आसपासका क्षेत्रहरुमा हाईकिङ कार्यक्रम संचालन गर्दै आइरहेको हाइकर्स क्लब नेपालको प्रथम साधारण सभा आउँदो शनिबार हुने भएको छ ।
स्वास्थ्य पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार विगत ५ वर्ष देखि नियमित हाइकिङ कार्यक्रम गर्दै आएकोमा गत वर्ष देखि जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरी सदस्यता वितरण गर्दै आएको अध्यक्ष कृष्ण रानाभाटले वताउनुभयो ।

अन्तराष्ट्रिय पर्वतीय संग्राहालयका कर्मचारी प्रविन तुलाचनको निमन्त्रणामा पहिलो हाइकिङमा सहभागी भई दोश्रो हाइकिङ देखि नेतृत्व गर्दे आएका रानाभाट स्वतन्त्र पत्रकार संघ कास्कीका समेत अध्यक्ष रहेका र विभिन्न संघसंस्थामा आवद्ध भएका कारण पत्रकार साथीहरुको साथमा प्रचारप्रसार गर्न सजिलो भएको क्लबका सचिव मधु अधिकारीले वताउनुभयो ।

त्यसै कार्य समितिमा ज्योति हमाल नगेन न्यूज डट कमका सम्पादक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य, मधु अधिकारी रेडियो सफलताका प्रबन्धक तथा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव, युवा व्यवसायी टिका आचार्य, आइटी विज्ञ पितम सेन ठकुरी, ट्रेकिङ गाइड सुन्दर त्रिपाठी, हेरालो प्रतिष्ठानका सचिव तिलक थापा क्लबको संस्थापकमा रहनु भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला