एमालेले यसपटक पनि छोडेन रेल, पानी जहाज ल्याउने प्रतिबद्धता

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौंl नेकपा एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ ।

एमालले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।

‘सार्वजनिक यातायात प्राधीकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे,’ घोषणापत्रमा एमालेले लेखेको छ ।

अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो । तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन । यसपटक सार्वजनिक गरेको घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा राखेको छ ।

घोषणापत्रमा एमालेले सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने जनाएको छ ।

सडक, हवाइ, जल, केबुलकार र रोपवे, दुरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी घोषणापत्रमा गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला