नेपाली लोक संगितको क्षेत्रमा प्राज्ञ दिलिप गायक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाली लोक संगितको क्षेत्रमा रमाईरहनुभएको छ प्राज्ञ दिलिप गायक । २ दशक अघिदेखि सांगेतिक क्षेत्रको संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा विकासमा दिलो ज्यानले लागिरहनुभएको उहाँ कुशल संगितकर्मी हुनुहुन्छ ।

गायकको जन्म वि.सं.२०३९ साल पौष १ गते पोखराको गन्धर्व समुदायमा चर्चित संगितकार तथा सर्जक स्वर्गीय बुबा धन बहादुर गायक र आमा श्रीकला गायकको कोखबाट जेठो सन्तानको रुपमा भएको थियो ।

सानै उमेरदेखि असाध्यै लोकगित र संगितमा रुचि राख्ने गायकले सात वर्षको उमेरमा सारङ्गी राम्रोसँग समात्न पनि नजान्ने बेला आफुलाई बुबाले हात समाएर सारङ्गी बझाउन सिकाएको गायकले बताउनुहुन्छ ।

उहाँले आफ्ना बुबाले रचेका कालजयि गितहरुबाट प्रेरणा पाएर संगितकर्मी गायक सारङ्गीमा तिनै गितहरुका धुनहरुबाट सिक्ने गर्नुहुन्थ्यो । उहाँको सांगितिक यात्रा आफ्नै बुबाको गित “यो दाजुको मिर्मिरे आँखा” बाट सुरुवात भएको थियो । त्यसैले पनि उहाँले आफ्नो संगितको गुरु बुबालाई मान्नुहुन्छ ।

त्यस्तै व्यवसायीक यात्रा भने वि.सं.२०५६ मा एस.एल.सि. उत्तीर्ण गरेपछि त्यस समय पोखराको अमरसिंह चोकमा अवस्थिति सोल्टी दोहोरी साँझमा सांरङ्गी बजाउनेबाट सुरु भएको हो ।

बाल्यकालमा उहाँले विद्यालयदेखि लिएर जिल्ला स्तरीय र अञ्चल स्तरीय प्रतियोगिताहरुमा सहभागी भएर कहिले प्रथम त कहिले द्वितीय पुरस्कारहरु हासिल गरेको बताउँनुहुन्छ ।

ती विगतका दिनहरु स्मरण गर्दै उहाँ भन्नुहुन्छ, कतिपय प्रतियोगिताहरुमा आफुलाई प्रतियोगिको रुपमा नभई निर्णायकको भूमिकामा रहन आग्रह गर्ने गरेको समेत बताउँनुहुन्छ । संगितमय पारिवारिक वातावरणमा नै हुर्कनुभएको गायकको घरबाटै सांगेतिक यात्राको सुरुवात भएको थियो ।

संगितकार गायकले आफ्नो सांगेतिक यात्रामा थप निखार्ता ल्याउन विन्दवासिनी संगित प्रशिक्षण केन्द्रमा ३ वर्षको प्रशिक्षण लिएर त्यही प्रशिक्षकको रुपमा समेत काम गर्नुभयो ।

हालसम्म उहाँले २ हजार प्रशिक्षार्थीहरुलाई प्रशिक्षण समेत दिईसक्नुभएको छ । उहाँले प्रशिक्षण दिएका कतिय प्रशिक्षार्थीहरु नेपालका बहुचर्चित र अब्बल कलाकार समेत बनिसकेका छन् । अझै पनि उहाँ यस क्षेत्रमा नै निरन्तर रुपमा लागिरहनुभएको छ ।

उहाँले अब त संगित बिना आफ्नो जिवनको परिकल्पना पनि गर्न नसक्ने बताउँनुहुन्छ । उमेरले ४२ वर्ष पुग्नुभएको गायक अहिले लोप हुँदै गएको बाजा सारङ्गी र मादलको संरक्षण गर्नुपर्छ भनेर लागि पर्नुभएको छ ।

यी दुई बाजा एउटा जाति र समुदायको मात्र नभई अन्य समुदायका जाति र मानिसले पनि बझाउन सिक्नुपर्ने र संरक्षण गर्नुपर्ने मान्यता उहाँको छ । सत्य युगदेखि नै यस बाजाको संरक्षण गर्दै आइरहेका गन्धर्व समुदायलाई पछिल्लो समय अवहेलना गरेको देख्दा उहाँ निकै दुःखी हुनुहुन्छ ।

त्यस्तै भगवानको पालादेखि सूचना सम्प्रेषकको रुपमा चिनिदै आएको र विगतका दिनहरुमा गाउँ÷गाउँमा गएर सारङ्गीको धुन मार्फत घरना, कर्खा सुनाउने यहि जातिका समुदायलाई अहिले आएर गाइने र मगन्ते भनेर हेप्ने गरेको देख्दा साह्रै चित्त दुख्ने गरेको उहाँ बताउँनुहुन्छ ।

यही हेपहा प्रवितिले गर्दा पछिल्लो क्रममा यस समुदायका धेरै जसो मानिसले सारङ्गी भिर्नै छाडेर अन्य पेशालाई अंङ्गाल्नुको साथै कतिपय विदेश पलायन भएको बताउदै जसले गर्दा यो बाजा नै लोप हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विस्तारै सारङ्गी बजाउनेहरुको संख्यामा कमी हुँदै गएपछि यो बाजा पनि लोप हुँदै गइरहेको बताउँनुहुन्छ ।

सारङ्गी जसले नेपाललाई विश्वमा चिनाएको छ यो बाजा नै लोप हुन लागेको अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार मौन बसेको देख्दा उहाँले चिन्ता जनाउनुभयो ।

२०६५ बाटै लोप हुन लागेको यस बाजालाई संरक्षण गर्नुपर्छ भनेर बुबा धन बहादुर गायक र स्वयम आफुले त्यस समय झलकमान सारङ्गी पाठशाला स्थापना गरेको उहाँ सुनाउनुहुन्छ । त्यस समय उक्त पाठशालामा बुबा अध्यक्ष र आफु उपाध्यक्ष भई विद्यार्थीहरुलाई सारङ्गी र मादल सिकाउन सुरु गरेको उहाँले स्मरण गर्नुभयो ।

सुरुवाती चरणमा जम्मा १० जना प्रशिक्षार्थीबाट प्रशिक्षणको थालनी गरेका गायकले हालसम्म ५ सय जना भन्दा बढी प्रशिक्षार्थीहरुलाई सारङ्गी र मादल बजाउन सिकाई सक्नुभएको छ ।

यससँगै उहाँले लोपोन्मुख बाजाको मौलाक पहिचान दिलाउने सिलसिलामा विभिन्न राष्ट्रहरु जस्तै नर्वे, टर्की, चाइना, बंगलादेश र भारत समेतको भ्रमण गरि संगित प्रस्तुत गरिसक्नुभएको छ ।

त्यस्तै उहाँले भारतको दार्जिलिङ र सिकिम जस्तो ठाउँहरुमा पनि सारङ्गीसँगै मादलको धुनलाई पनि चिरपरिचित गराउन सफल भइसक्नुभएको छ । आज उहाँ विभिन्न विद्यालयहरुमा संगित तथा सारङ्गी प्रशिक्षकका रुपमा आफ्नो कर्म गर्दैहुनुहुन्छ ।

यससँगै विभिन्न संघसंस्थामा आवद्ध भई संगितको उत्थान गर्नका निम्ति लागि पर्नुभएको उहाँ संगित प्रशिक्षण केन्द्र, झलकमान सारङ्गी पाठशाला, अलिमिया वाङमय प्रतिष्ठान, पोखरेली युवा साँस्कृतिक परिवार, हिमाली साँस्कृतिक परिवार, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, पोखरा लोक संगित समूह, कल्याण शेरचन स्मृति प्रतिष्ठान, धन बहादुर गायक स्मृति प्रतिष्ठान हुँदै अहिले पोखरा प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य समेत बन्न सफल भइसक्नुभएको छ ।

उहाँले नेपाली सांगेतिक क्षेत्र र विशेषगरी लोप हुन लागेको नेपाली मौलिक बाजा सारङ्गी र मादलको संरक्षणमा पुर्याएको योगदान स्वरुप विभिन्न संघसंस्थाहरुबाट सम्मानित भइसक्नुभएको छ ।

यससँगै गायकले थुप्रै अवार्डहरु समेत प्राप्त गरिसक्नुभएको छ भने २०८९ र ८१ मा वरिष्ठ सारङ्गी वाधक अवार्ड पनि जित्न सफल हुनुभएको छ ।
पोखरा महानगरपालिकाले गठन २०७७ मा गरेको प्रज्ञा प्रतिष्ठानमा गायक प्राज्ञ सदस्य हुनुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला