
चितवन : नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गर्नु भएको छ ।
सभापति राजेश्वर खनालद्वारा आज ( शुक्रबार बार )जारी गरिएको बिज्ञप्ति भनिएको छ, यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरु सग विनम्रताका साथ आग्रह गर्दछु ।
आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरु होमिएको अवस्था र नेपाली काङ्ग्रेसले गठबन्धनलाइ आत्मसाथ गरि अगाडि बढेने कुरालाइ ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुसार चितवन काङ्ग्रेस गठबन्धनलाइ पुर्ण पालना गरि अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु बिज्ञप्ति भनिएको छ ।