रेडियो भरतपुरको टावर हावाहुरीले ढल्यो, १५ लाख बराबरको क्षति

नगेन न्यूज
  • ख-
  • ख+

चितवन : चितवनको भरतपुरमा रहेको सामुदायिक रेडियो भरतपुरको टावर आज दिउँसो वर्षासँगै आएको हावाहुरीले ढलेको छ । भरतपुर–४ यज्ञपुरीमा रहेको रेडियोको टावर हावाहुरीले ढल्दा रेडियोको एन्टिना भाँच्चिएपछि प्रसारण अवरुद्ध भएको छ ।

टावर रेडियो स्टेशनको घरको छतमा ढलेको छ । हावाहुरीले टवरसंगै सोलार प्यानल समेत उडाएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए । रेडियो आफ्नै भवनमा एक महिना अघिमात्रै सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो । हावाहुरीका कारण रेडियोमा १५ लाख बराबरको क्षति भएको अध्यक्ष पौडेलले बताउनुभयो ।
टावरमा क्षति भएसंगै सो क्षेत्रको विद्युत समेत अबरुद्ध भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला