पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा डिग्री माइलाको प्रेसमिट गरेको छ । पत्रकार सम्मलेनमा निर्माणपक्ष आशावादी देखिएको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा बेरोजगार युवाको कथा भएको कलाकार प्रकाश घिमिरेले उल्लेख गर्नुभएको छ ।

घिमिरेलाई फिल्ममा विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा देख्न सकिन्छ । उहाँले पढेलेखेको व्यक्तिको चेतनाको स्तरलाई समेत सिनेमा मार्फत देखाउन खोजिएको बताउदैं डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको जनोनुभयो । नाटकमा हेरेता पनि दृश्यात्मक रुपमा सिनेमा मार्फत अझ फरक पाउने उहाँले बताउनुभयो ।

कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा हुनुहुन्छ । उहाँले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गर्नुभयो ।
गुरुङले सिनेमामा चर्चित कलाकारको सशक्त अभिनय भएकाले दर्शक निराश भएर फर्किन नपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताउदैं सिनेमाको सानो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने तर्क व्यक्त गर्नुभयो ।
एकातिर अस्वस्थ प्रतिस्पर्धा भइराख्दा अर्कोतर्फ भाइचाराको सम्बन्ध पनि गाँसिएको उहाँ बताउँनुहुन्छ ।
डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ सहित बुद्धी तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ ।
विशाल गुरुङ (एलजी), मनीराम पोखरेल, मधु मिजार र सुश्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबु गुरुङले नै लेख्नुभएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला