मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । ११औं संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट भएको छ ।
महोत्सवमा उत्कृष्ट फिचर डकुमेन्ट्रीतर्फको अवार्ड राजन कठेत र सुनील पाण्डे ‘नो विन्टर होलिडेज’ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालबाट सहयोगराज अधिकारी र एलएसएम ‘यात्रा’ ले पाएको छ ।
त्यस्तै उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेसनलतर्फको अवार्ड स्पेनका जुलेन जुबिटको ‘अ माउन्टेन अफ मेमरिज’ले जितेको छ ।
महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्र देखाइएको थियो ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालको पशुपति राई रहनुभएको थियो ।

उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाउनुभएको छ । उत्कृष्ट छोटो कथानक चलचित्रतर्फको अवार्ड आकांक्षा कार्कीको ‘सनाई’ले हात पारेको छ भने उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । त्यस्तै जुरी मेन्सन अवार्ड बेलायतको एल्हम एहसासको लघु चलचित्र ‘येल्लो’ले पाएको छ ।

उक्त अवसरमा ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिकका अधिकार स् अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबिच दुई वटा प्यानलमा छलफल पनि राखिएको थियो ।
चार दिनसम्म महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला