’प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने

Subi Gurung
  • ख-
  • ख+

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म ’प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ।

हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता संघमा दर्ता भएको निर्देशक सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। यो फिल्म पहिलो पटक भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको हो।

असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् | प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ। ठूलो लगानीमा निर्माण भएको ’प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ’प्रेम गीत’ र ’प्रेम गीत २’ बक्स अफिसमा सफल भएका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला