सिसडोलबाट फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिक टोली

Subi Gurung
  • ख-
  • ख+

सिसडोलको फोहोरको गन्ध मापन गरेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको वैज्ञानिक टोली फर्किएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको आग्रहरमा गएको टोलीले चार क्षेत्रको नमुना लिएर आएको हो ।

शुक्रबार नास्टले डा. भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइटमा पठाएको थियो । महानगरका अनुसार फोहोरको गन्ध मापन गरेपछि गन्धको मात्रा थाहा पाइनेछ । फोहोरको दुर्गन्ध कस्तो प्रकारको हो भन्नेबारे नमुनाको रिपोर्ट सोमबारसम्म आउनसक्ने जनाइएको छ । मापनपछि कुन रसायन प्रयोग गरेर गन्ध हटाउने भन्नेबारे थप निर्णयहरू हुनेछन् ।गत शुक्रबार महानगरका मेयर साह र उपमेयर सुनीता डंगोलसहितको टोली सिसडोल पुगेर स्थानीयसँग वार्ता गरेको थियो । वार्ताका क्रममा बालेनले एकसाताभित्र केमिकलको प्रयोग गरेर दुर्गन्धरहित फोहोर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । शुक्रबार मेयरको टोली फर्किएपछि शनिबार वैज्ञानिक टोली सिसडोल पुगेको थियो ।

महानगर स्रोतका अनुसार तत्काल काठमाडौंको फोहोर उठ्ने सम्भावना देखिएको छैन । तत्काल फोहोर उठाउनेबारे मेयरको दौडधुप जारी छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला