प्रधानमन्त्रीको अफर त मलाई हो आएको हो : प्रचण्ड र नेपाल

Subi Gurung
  • ख-
  • ख+

गठबन्धन सरकारको महत्वपूर्ण सारथि हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। प्रधानमन्त्री पदुको कलहकै कारण पार्टी फुटाएर कांग्रेस नेतृत्वको सरकारमा गभिन आएका दुई नेता अहिले बार्गेनिङ भाषा बोलिरहेका छन् ९ प्रधानमन्त्रीको अफर आयो भन्दै। स्थानीय तहको निर्वाचनमा कांग्रेसले दम्भ देखाएको आरोप छ प्रचण्ड र नेपालको। अनि घुमाउरो भाषामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई घुर्क्याउन थालेका छन्।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि वाम एकता देशको आवश्यकता भन्दै प्रचण्ड र नेपालसँग सुरताल मिलाइसकेका छन्। दुई नेता अफरको प्रतिस्पर्धामा छन्। देउवाले यसबारे खासै मतलब राखेको नदेखिए पनि कांग्रेस नेताकार्यकर्ताले रोष व्यक्त गर्न थालिसकेका छन्। यता आम निर्वाचनमा वाम गठबन्धन हुने चर्चा पनि चल्न थालेको छ।

यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीको असली दाउ के हो बाहिर आइसकेको भने छैन। उनी निकट नेता सूर्य थापाले भने प्रचण्ड र नेपालको भनाई निर्लज्ज आत्मस्तुति र आत्मप्रचारबाहेक यो केही नभएको दावा गरेका छन्। यतिमात्र हैन प्रचण्ड र नेपाल देउवाको ुचुत्था नोकरु भएको आरोप लगाउँदै समकालीन नेपाली राजनीतिमा दुई नेतालाई एमालेबाट प्रधानमन्त्रीको अफर सम्भवै नहुने ठोकुवासमेत गरेका छन्। तर राजनीतिमा कतिबेला के हुन्छ, त्यो नेताकै चालमा निर्भर हुने न हो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला