
काठमाडौं । विश्व सम्पदामा सूचीकृत ठाँऊ हनुमानढोका दरबार क्षेत्रमा कथानक फिल्म छायांकन गर्न विदेशीले प्रतिदिन ५५ हजार रुपैयाँ र नेपालीले २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।
काठमाण्डौं महानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सम्पत्ति सम्बन्धी कर कार्यान्वयनमा ल्याउँदै यस्तो व्यवस्था गरेको हो ।
महानगरले सम्पत्ति करको यस्तो व्यवस्था साउन १ गतेदेखि लागू गर्न भन्दै सबै वडालाई परिपत्र गरेको छ ।
उक्त क्षेत्रमा छोटो फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियो छायांकन गर्न विदेशीले प्रतिदिन २५ हजार रुपैयाँ र स्वदेशीले १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
साथै विज्ञापन भिडियो छायांकनका लागि विदेशीले प्रतिदिन ६० हजार रुपैयाँ तोकिएको छ ।