शुक्ला साहित्य प्रतिष्ठानद्वारा भानु जयन्तिमा रचना वाचन

नगेन न्यूज
  • ख-
  • ख+

असार २९, पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले २१३ औं भानु जयन्तीको अबसरमा आदिकवि भानुभक्तलाई स्ममरण गर्दै रचनावाचन साहित्यिक कार्यक्रम गरी मनाएको छ ।

बिगतका बर्षदेखि नै निरन्तर रुपमा बिभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस पटक आदिकवि भानुभक्तमा सर्मपित कविता बाचन गरी मनाएको प्रतिष्ठानका सह-सचिव संजय थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै कवि एवं प्रतिष्ठानका पुर्व अध्यक्ष नेत्रबहादुर बानियाँले आदिकवि भानुभक्त आचार्यको कवित्व तथा व्यक्तित्वको चर्चा गर्दै, आचार्य नेपाली भाषा र साहित्यको युग नायक भएको बताए । उनले आचार्यद्वारा लिखित भानुभक्तिय रामायणका श्लोक पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा , मानार्थ सदस्य कुलबहादुर खत्री, पुर्व अध्यक्ष हरिबहादुर बरुवाललगायतले साहित्यको थप विकास र विस्तारका लागी राज्यले नै योजना बनाउन सके मात्र आदिकविप्रति सच्चा स्मरण हुने बताएका थिए ।
पुर्व अध्यक्ष बरुवालले रामायण वाचन समेत गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कवि छविलाल आचार्य, इन्दु भट्टराई, पत्रकार यदुनाथ बञ्जरा लगाएतले कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत तथा कार्यक्रमको संचालन सहसचिव संजय थापाले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला