
पोखरा । पोखरा २१ दम्सादिको बाल कल्याण आधारभूत विद्यालय प्राङ्गणमा Pokhara Optimist Club, Optimist Club of Lekhnath र Janani Optimist Club को संयुक्त आयोजनामा आज शुक्रवार शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नगेन आर्ट एकेडेमीका कला शिक्षक विश्व कला यात्री नगेन सिंहले विद्यालयमा सहयोग गर्न पाँउदा खुसि लागेको बताउदै नगेन आर्ट एकेडेमी मार्फत हुन गईरहेको राष्ट्रिय चित्रकला प्रदशनीमा बाल कल्याण आधारभूत विद्यालयका ५ जना विद्यार्थीलाई निशुल्क सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाल कल्याण आधारभूत विद्यालयका व्यवस्थापक समितिको अध्यक्ष यवराज आचार्यले धेरै ठाँऊमा सहयोग मागिरहेको समयमा Optimist Club को सहयोग अमुल्य भएको बताउदै सबैलाई धन्यवाद दिनुभयो ।
विद्यालयका प्रध्यानाध्यापक बोधराज आचार्यले विद्यालय बत्ति मुनिको अध्यारो जस्तो भएको बताउदैं सहयोगले केहि राहत पुगेको बताउनुभयो ।
Optimist Club of Lekhnath को अध्यक्ष अध्यक्ष रोशन अधिकारी र Janani Optimist Club को अध्यक्ष अञ्जली श्रेष्ठले विद्यार्थीहरुलाई सहयोग गर्न पाउदाँ खुसि लागेको बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पोखरा Optimist Club का उपाध्यक्ष सन्तोषले विद्यार्थीहरुलाई सहयोग गर्दा अन्य सहयोगका कार्य गर्ने प्ररेणा मिलेको र आगामि दिनमा अझ धेरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।