राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीको अध्यक्षमा कपिलनाथ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २७ असार । राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा भएको मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको सदस्यहरुमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी निर्वाचित भएका छन् ।

संस्थाको विधान अनुसार अधिवेशनवाट १ जना अध्यक्ष र ७ जना सदस्यहरु निर्वाचित भएका हुन् ।
मञ्चको प्रदेश समितिमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । बाँकी ७ सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान छ ।
अधिवेशनमा निर्वाचन समितिका संयोजक अधिवक्ता विरेन्द्र केसीले संस्थाका निर्वाचित अध्यक्ष र सदस्यहरुको नाम घोषणा गर्नुभएको थियो । निर्वाचन समितिको सदस्यमा मुना बाँस्तोला र महेन्द्र अधिकारी रहेका थिए ।

संस्थाको विधान बमोजिम निर्वाचित अध्यक्ष कोइरालाले सुनिल उलक र बेबी श्रेष्ठ गोंगजूलाई सदस्य पदमा मनोनित गरेका छन् ।
बाँकी ५ जना सदस्य पछि मनोनित गरिने मञ्चका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।
प्रथम अधिवेशन सम्पन्न पश्चात शनिवार नै बसेको पहिलो बैठकमा संस्थाका पदाधिकारी पनि चयन भएका छन् ।
मञ्चको विधानको दफा १३ को उपदफा १ अनुसार अध्यक्षले कार्यसमितिका पदाधिकारीहरु चयन गर्नुभएको हो ।
जस अनुसार कार्यसमितिको उपाध्यक्षहरुमा रमेश पौडेल र राजु अधिकारी, सचिवमा गीता आचार्य, सहसचिवमा हरि खनाल र कोषाध्यक्षमा मीना रानाभाट चयन भएका छन् । कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
यस अघि आयोजित मञ्चको वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रमको उद्घाटन संस्थाका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजन र गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष कपिलनाथ कोइरालाले संयुक्त रुपमा गरेका थिए ।

मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले राज्य र समाजलाई ठीक ठाँउमा ल्याउनका लागि उपभोक्ता अधिकारकर्मी सजग हुनु पर्ने बताउनुभयो । उहाँको मञ्चले उपभोक्ताको मात्र हित नहेरी व्यवसायीहरुको पनि हित हेर्छ भन्ने विश्वास जगाउन सकेको धारणा रहेको छ ।
कार्यक्रममा मञ्चको गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले सामाजिक उत्तरदायित्वको भावना अनुसार निरन्तर उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील रहेको बताउनुभयो । २१ वर्षको अवधीमा पहिलो पटक गण्डकी प्रदेशमा भेला आयोजना गर्न सकिएको जानकारी उहाँले दिनुभयो । उहाँले आफ्ना पिताको स्मरणमा गण्डकी प्रदेश स्तरीय पुरस्कार स्थापना गरेको घोषणा पनि गर्नुभएको थियो ।
मञ्चले संचालन गर्ने पुरस्कारको राशी २५ हजार रुपैयाँ रहने सो अवसरमा जानकारी दिइएको थियो । गण्डकी प्रदेशभरका उत्कृष्ट कर्मचारी, अभियन्ता, व्यवसायी, पत्रकार, लेखक मध्येबाट हरेक वर्ष एक जनालाई सो पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रममा मञ्चका बाग्लुङ्ग जिल्ला अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पर्वत जिल्ला अध्यक्ष सरिता भण्डारी, मञ्चका पूर्व केन्द्रीय सदस्य रामबहादुर केसीले मन्तव्य राखेका थिए । मञ्चको गण्डकी प्रदेश तदर्थ समितिका सचिव राजु अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेश तदर्थ समितिका उपाध्यक्ष रमेश पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला