अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरामा सरसफाइ कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, असार २० । अन्तर्राष्ट्रिय सहकारी दिवसको पावन अवसर पारेर शनिवार पोखरामा  बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्कीको आयोजना तथा नेपाल ठकुरी संगम परिवार, कास्कीको सहआयोजनामा उक्त सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

“सहकारी नै हो साझा चौतारी” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले हँसिया, पन्जा लगायतका सरसफाइका सामग्री प्रयोग गरी परिसरको घाँस काट्ने तथा फोहोर व्यवस्थापन गर्ने काम गरेका थिए ।

कार्यक्रममा दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजाराम शाहीले सहकारीको महत्वबारे जनचेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सहकारी र समुदायको सहकार्यले मात्र दिगो विकास सम्भव हुने कुरामा जोड दिनुभयो ।

नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले संस्थागत सहकार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै सहकारी र सामाजिक संस्थाहरू एकजुट भएर अघि बढ्दा समाजको विकास र सरसफाइ जस्ता आधारभूत कुराहरूमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो ।

त्यस्तै, नेपाल ठकुरी महिला परिवारका अध्यक्ष लक्ष्मी हमाल खाँणले सरसफाइ र वातावरणीय सचेतनामा महिलाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल ठकुरी भूपू परिवार कास्कीका अध्यक्ष देवेन्द्र बम मल्लले आफ्नो सेवाकालीन अनुशासन र अनुभवलाई समाजको हित र सरसफाइ अभियानमा जोड्न पाउँदा खुसी लागेको विचार व्यक्त गर्नुभयो ।

नेपाल ठकुरी युवा परिवार कास्कीका सचिव मोहन शाहीले युवाहरूको ऊर्जा र सक्रियता नै सामाजिक परिवर्तनको मुख्य खम्बा भएको बताउँदै आगामी दिनमा पनि युवा पुस्ता सामाजिक कार्यहरूमा यसै गरी अग्रसर भइरहने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल ठकुरी संगम परिवार पोखरा १७, छोरेपाटनस्थित परिसरमा भएको कार्यक्रममा दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , सल्लाहकारहरु, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति, नेपाल ठकुरी संगम परिवारका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका नेतृत्वकर्ताहरूले सामाजिक रूपान्तरण र समुदायको हितका लागि यस्ता कार्यक्रमहरू अपरिहार्य रहेको कुरामा जोड दिएका थिए ।
आयोजकले कार्यक्रमलाई भव्य रूपमा सफल पार्न उपस्थिति जनाई सहयोग र्पुयाउने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाजका हरेक रचनात्मक कार्यक्रमहरूमा यसै गरी निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला