सदस्य, सचिव र उपाध्यक्ष हुँदै कास्की क्रिकेटको अध्यक्षमा दीपेन्द्र प्रताप चन्द

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्की जिल्ला क्रिकेट सङ्घको छैटौ साधारण सभा तथा चौथो अधिवेशनबाट दीपेन्द्र प्रताप चन्द अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
संघको चार वर्षे कार्यकालको लागि अध्यक्षमा बिजयी चन्दको प्रतिस्पर्धी दिपेश खत्री हुनुहुन्थ्यो ।
चन्द तीन कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल उपाध्यक्ष हुदैं अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खत्री भने अन्तराष्ट्रिय क्रिकेटर हुनुहुन्छ । उहाँ पोखराको पहिलो उमेर समूहको अन्तराष्ट्रिय क्रिकेटर हुनुहुन्छ । हाल उहाँ यु १९ महिला गण्डकी प्रदेश महिला क्रिकेटका प्रशिक्षक समेत हुनुहुन्छ ।

संघको उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिम्मी) सचिवमा विजय रावत, कोषाध्यक्षमा दुर्गा बहादुर चन्द तथा सदस्यहरूमा देवेन्द्र प्रजु, गोविन्द प्रधान, विधान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जय प्रकाश थापा -पप्पु), ऋषिकेश शर्मा पौडेल, पूर्ण चन्द न्यौपाने र गुना लुयाली निर्वाचित भएका हुन् ।

पछिल्लो समय कास्की क्रिकेटले जिल्लास्तरमा खेल पूर्वाधार, प्रतिभा विकास र प्रतियोगिता सञ्चालनमा सक्रियता बढाइरहेका बेला नयाँ कार्यसमितिले ती गतिविधिलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

कार्यक्रमको कास्कीका प्रमुख जिल्ला अघिकारी कुमानसिंह गुरूङले उद्घाटन गर्दै क्रिकेटमा देखिएको उत्साहसँगै कास्कीको क्रिकेट जग बलियो बनाउन आग्रह गर्नुभयो ।
कास्की क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्यानका केन्द्रिय सदस्य सुदिप शर्मा, गण्डकी खेलकुद परिषदका सदस्य रविन्द्र बहादुर प्रजु, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, जिल्ला खेलकुदका उपाध्यक्ष तिलक बहादुर अधिकारी लगायतले क्रिकेट खेलको विकासमा एक हुन आग्रह गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला