नयाँ शैली, पुरानै खुराक माग्ने बुढाको ‘कमेडी हब’

Subi Gurung
  • ख-
  • ख+

माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेद्वारा निर्देशित टेलिभिजन शो ‘कमेडी हब’को प्रसारण सुरु भएको छ । कार्यक्रमको पहिलो भाग बुधबार बेलुका एपीवान टीभीमा प्रसारण भयो ।

लामो समयपछि टेलिभिजनमा फर्किएका माग्ने बुढाको यो नयाँ कार्यक्रमलाई लिएर प्रतीक्षा थियो । कार्यक्रममा उनले कमेडी च्याम्पियन हिमेश पन्त, कमेडियनहरु राजा राजारामदेखि नयाँ पुस्ताका स्ट्याण्डअप कमेडियनसँग सहकार्य गरेका छन् । दुई साताअघि सोल्टी होटलमा भव्य कार्यक्रमसँगै घोषणा गरिएको टीभी कार्यक्रम पूर्वनिर्धारित समयमा प्रसारण हुन पाएन । कमेडी हब नामक यो कार्यक्रममा कमेडीका नयाँशैली स्ट्याण्डअप, प्यारोडी र ड्रामा सबै मिश्रण छ । दर्शकले कमेडीका अलग विधालाई एउटै पर्दामा हेर्न पाउँछन् ।

तर कन्टेन्टमा नयाँपन छैन । स्टेज, आवरण र स्टाइलको हिसाबको नयाँ लुक्स दिने प्रयत्न भए पनि कन्टेन्टमा ताजापन देखिंदैन । कन्टेन्ट र प्रस्तुतिकै हिसाबले पहिले नै प्रस्तुत भइसकेको शैली र कन्टेन्ट यसमा समावेश छ ।

पहिलो भागमा कमेडी च्याम्पियन हिमेश पन्तले समाज र नेतालाई व्यंग्य गर्दै प्रश्न गरेका छन् । प्रभात लामाले राजेन्द्र खड्गी र खबपुले प्रिन्सिपलको भूमिका निर्वाह गरेका छन् । तर यी कन्टेन्टमा नयाँपन देखिंदैन । यद्यपि, आगामी अंक बाँकी भएकाले केही नयाँपनको अपेक्षा भने गर्न सकिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला