मादी गाउँपालिकामा शिक्षकका लागि सूचना प्रविधि तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ ९ । कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ ।
५ दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
जेठ ५ देखि ९ गतेसम्म सञ्चालित तालिमको समापनका अवसरमा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले आजका शिक्षक प्रविधिमैत्री हुनैपर्नेमा जोड दिनुभयो । आजका विद्यार्थी जन्मिँदैमा प्रविधिसँगै जन्मेकाले तिनलाई पढाउने शिक्षकहरू अझ तिखारिनुपर्ने गुरुङको भनाइ थियो । मादीका शिक्षकहरूको क्षमता विकासका लागि गाउँपालिकाले सधैँ प्रयास गर्ने प्रतिबद्धता जनाउँदै उहाँले सिक्ने कुरामा उमेर बाधक नबन्ने धारणा राख्नुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त सिकाइ अनिवार्य रहेको बताउनुभयो । गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको व्यवस्था गरेको जनाउँदै लामिछानेले शिक्षक अब प्रविधिमैत्री नबने विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने विचार राख्नुभयो ।

वडा नम्बर ५ का वडाअध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहायक शिक्षा अधिकृत भगवान् पौडेल, सहभागीहरू सुनीता गुरुङ र हिमाल पौडेलले पनि आफ्ना भनाइ राखेका थिए ।
तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्वपुर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला