‘हल्कारा’ फिल्मको काठमाडौं प्रिमियरमा सेलिब्रिटीदेखि नेतासम्मको उपस्थिती

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘हल्कारा’को प्रिमियर बुधबार बेलुका काठमाडौंको वान सिनेमाज मल्टिप्लेक्समा गरिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय अवार्डमा पुरस्कार जितेको सोसल ड्रामा फिल्मलाई हेर्न कास्ट एण्ड क्रिउसहित सेलिब्रिटी उपस्थित रहेको थियो ।

निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा आकर्षण बनेका थिए ।
फिल्म हेर्न सांसदहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए भने उहाँहरुले फिल्म मन परेको बताएका छन् ।
अभिनेता राजन खतिवडाले ‘पर्फेक्ट’ नेपाली फिल्म बनेको भन्दै प्रशंसा गर्दै अभिनेता मुकुन भुसालले हेरुञ्जेल फिल्मसँग आफू जोडिएको बताउनुभयो ।

फिल्म एक हुलाकीको कथामा आधारित छ । गाउँको एक बेरोजगार जड्याँहा व्यक्तिलाई हुलाकीको जागिर मिल्छ । त्यसपछि ऊ चिठी बाँड्न अर्को गाउँको यात्रामा निस्कन्छ । उसले यस क्रममा नयाँ कामको जिम्मेवारी र चुनौतीको सामना गर्नुपर्छ । यसक्रममा खेप्नुपरेका व्यक्तिगत कठिनाइ पनि देखाइएको छ ।

हुलाकीको भूमिकामा महेश त्रिपाठीले अभिनय गर्नुभएको छ ।
फिल्ममा महेशसँगै विनीता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गरिएको छ । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामकृष्ण पोखरेलले निर्माण गर्नुभएको हो ।

फिल्म पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्जनात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताउनुभयो ।
पोखरेलले निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ गत वर्ष ओस्कार अवार्डमा सिफारिस भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला