अन्नपूर्णको राजस्व अब घरबाटै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार शुभारम्भ गर्नुभयो ।
अब गाउँपालिकाको करदाता पोर्टल खोलेर सेवाग्राहीले आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् ।
हाल कनेक्ट आइपीएस र इसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले जानकारी दिनुभयो । स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनौट गरी सिधै भुक्तानीसमेत गर्न सकिने उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले अब प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताउनुभयो । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उहाँको भनाइ थियो । जनतालाई सुशासन प्रत्याभूत गराउन र पालिकालाई सकारात्मक काम गरेर नमुना बनाउने दृढता व्यक्त गर्नुभयो ।

प्रविधिमैत्री पालिका निर्माणमा विद्युतीय सेवाले इँट्टा थप्ने काम गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताउनुभयो ।
गाउँपालिका प्रवक्ता भरतमान गुरुङले जनताले तीन सय रुपैयाँ कर तिर्न दुई हजार रुपैयाँ खर्चन पर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । त्यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । उनीहरुले अब घरबाटै राजस्व थिर्न सक्ने छन् । प्रणालीमा आबद्ध हुन बाँकी अन्य सेवाग्राहीले सुरुमा एकपटक गाउँपालिका अथवा वडामार्फत आफ्नो सम्पत्ति विवरण प्रविष्ट गराएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला