
पोखरा । पोखरा महानगरपालिका पुल्चोक क्लब वडा नं. १७ को आयोजनामा लागुऔषध दुर्व्यसनी बिरुद्द कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. १७ वडा अध्यक्ष राधिका शाही र क्लबका अध्यक्षता सुरज खवास भएको कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा कार्यलय को सहयोगमा,पार्दी मा बि कक्षा आठ देखि एघार सम्म का बिधार्थीहरुलाई सचेतना कार्यक्रम गरेको छ ।
पुल्चोक क्लबको आयोजनामा भएको कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो पोखरा,रिकभारिङ नेपाल गण्डकी प्रदेश, युनिआस ट्रेडिङ भिसा प्रा.लि. सहकार्य गरि नीतिप्रेस मिडिया ले मिडिया को भूमिका निर्बाह गरेको थियो ।
कार्यक्रम को स्वागत मन्तब्य क्रममा क्लब का सल्लाहाकार समाजसेबी गणेश बहादुर भट्टराई ले पार्दी स्कुल मा अध्ययन गरि आज यहि स्कुलमा यसरि लागुऔषध सम्बधि कार्यक्रम गर्न पाउदा खुसि ब्यक्त् गर्नु भयो । साथै भोलिका दिनमा यस्ता खालका कार्यक्रम गर्न आफु ले कुनै खालको सहयोग गर्न परे पछी नहट्ने बताउनु भयो ।
स्वागत मन्तब्यकै क्रममा कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. १७ वडा अध्यक्ष राधिका शाही ले भोलिका दिन मा वडा र महानगरबाट जुन सुकै पहल गर्न परे तयार रहेको जानकारी गराउदै,सुधार केन्द्र स्थापना गरि वडा ले आफै जनचेतना फैलाउने र भोलि का दिन मा वडा ले पुल्चोक क्लब जस्ता अन्य क्लबहरु लाई भोलिका दिन मा बजेट छुट्याएर यस्ता क्रियाकलाप गने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
लागुऔषध नियन्त्रण ब्युरो पोखराका बरिस्ठ प्रहरी निरीक्षक बिद्द्याधर त्रिपाठीले एक चरण र अर्को चरण रिकभारिङ नेपाल गण्डकी प्रदेशका कार्यक्रम संयोजक चेतन मल्ल तथा सदस्य मनोज गुरुङले प्रशिक्षण गराएका थिए सो प्रशिक्षणमा बिधार्थी र प्रशिक्षक बीच अन्तर सम्बाद मा कार्यक्रम गरिएको थियो ।
सचेतना कार्यक्रममा पोखरा महानगरपालिका वडा न. १७ का जनप्रतिनिधि बिक्रम गुरुङ, क्लब का कानुनि सल्लाहकार टंक प्रसाद पौडेल,पार्दी मा.बि बिद्ध्यालय ब्याबस्थापन समिति अध्यक्ष पदम बहादुर ढकाल, पार्दी मा.बि का सह–प्रध्यानाध्यापक डोल कुमारी पौडेल,समाजसेवी तथा क्लब का सल्लाहकार श्री गणेश बहादुर भट्टाराई,सक्षम आमा समुह का अध्यक्ष बिष्णु शेरचन,पुल्चोक टोल बिकास संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी,समाजसेबी जिबन शेरचन,समाजसेबी कृष्ण प्रसाद पौडेल, समाजसेबी हरि प्रसाद गुरुङ, समाजसेबी भिम बहादुर भट्टराई, लगायत बिभिन्न आमासमुह,राजनीतिक व्यक्तित्व,क्लब संघ संस्था लगायत टोल बिकास संस्था को सहभागिता रहेको थियो। सो कार्यक्रम सुरज बराइली ले कार्यक्रम संचालन गर्नुभएको थियो ।