व्यवसायी पलायन भएकोप्रति पोउवा संघको ध्यानाकर्षण, घरभाडामा छुट दिन आग्रह

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ ।
पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो ।
संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।

महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै ,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौं ।’भन्नुभयाे ।

संघको विज्ञप्तिमा नियमित भाडा बुझाउनेलाई प्रोत्साहित गर्नुपर्ने तथा घरधनीसँग मित्रवत् व्यवहार गर्न,सम्झौता अनुरुपको भाडा तिर्नुपर्छ र नतिरे कानुन आकर्षित हुन्छ भन्ने मनन गर्न व्यवसायीहरुसँग आग्रह पनि गरिएको छ ।
महासचिव बलराम आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को व्यवसायी पलायन र यसले निम्त्याएको बहुआयामिक समस्याप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण गर्दै पोखराका मुख्य बजार क्षेत्रबाट व्यवसायीहरु पलायन हुँदा सटर/कवलहरु खाली भएको बताउनुभयो । सटर र घर भाडामा छन् भन्ने सूचनाहरु यत्रतत्र देखिएको र पलायनको कारण रहर हैन बाध्यता भएको पनि बताउनुभयो ।

बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलता पलायनको प्रमुख कारण हो भन्ने पोखरा उद्योग वाणिज्य संघको ठ्म्याउदैं सरकार अहिले देखिएको यो समस्या समाधानप्रति गम्भीर हुन र समयमै उचित कदम चाल्न जोडदार माग गर्दै अन्यथा राजश्वको स्रोत गुम्दा चालु खर्च धान्न पनि वैदेशिक ऋण लिने दिन टाढा नरहेको पनि स्मरण विज्ञप्तिमा गराईएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला