अक्षरयात्राको १९८ औं श्रृंखला पर्वतीय संग्राहलयमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” भन्ने उद्घोषका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार संचालन हुँदै आइरहेको साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९८ औं श्रृंखला शनिबार पोखरा घारिपाटन अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा तत्स्थानमा सिर्जित रचना वाचन गरी सुसम्पन्न भयो ।

अक्षरयात्राको परिकल्पनाकार मध्येका एक दीपक समीपले विगत अठार वर्षदेखि अविच्छिन्न रुपमा संचालन हुँदै आएको कार्यक्रममा विगतमा आएको वैश्विक महामारी कोरोनाको कारणले लगभग एक वर्ष रोकिनु परेको कुरा बताउँदै अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा विगतमा पनि कार्यक्रम संचालन गर्दा हार्दिकतापूर्वक स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो ।

संग्रहालयका प्रमुख निर्मला न्यौपानेले संग्रहालयले हरेक समय अक्षरयात्रीहरुलाई स्वागत गर्ने बताउँदै आभार प्रकट गर्नुभयो ।

अक्षरयात्राका अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका महासचिव संजीव पौडेल, मुक्तक मन्च,केन्द्रीय अध्यक्ष रामजी प्रसाद आचार्य, संगम संगीत समितिका अध्यक्ष काजी गाउँले, सूरज पौडेल, रोष नास्तिक, कपिल शर्मा, बिकाश लुँगेली,अमृत क्षेत्री र वसन्त विनोदले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदले गर्नुभएको कार्यक्रमको संचालन सूरज उपाध्यायले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला