बैशाख १८ देखि पोखरामा “जेसीज सप्ताह २०२३” हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा जेसीजको आयोजनामा यस वर्ष पनि “जेसीज सप्ताह २०२३” हुने भएको छ ।
सात फरक–फरक प्रकृतिका कार्यक्रमहरु बैशाख १८ देखि २४ गतेसम्म आयोजना गर्दै यस सप्ताह हुने भएको हो ।
प्रत्येक वर्ष सप्ताव्यापी रुपमा आयोजना गर्दै आएको विविध सामाजिक क्रियाकलापलाई यस वर्ष पनि पोखरा जेसीजले निरन्तरता दिन लागेको पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

यस वर्ष जेसीज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १८ गते समुद्घाटन सहित पोखरामहानगरपालिकाका कार्यपालिका सदस्यहरुको लागि संसदिय वैठक प्रणाली तालिम पोखरा सभागृहमा दिइने छ ।
दोस्रो दिन वैशाख १९ गते एसइई दिएर कक्षा ११ का लागि तयारी गर्दै गरेका विधार्थीका लागि सतमार्ग पहिचान गराउने शैक्षिक तथा मनोपरामर्श दिइनेछ ।
यस कार्यक्रम भने पोखरा–१७ स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हुने आयोजकले जनाएको छ ।
तेस्रो दिन बैशाख २० गते युवा उद्यमी तथा व्यवसायीहरुलाई लक्षित गर्दै उद्यमी तथा व्यवसायीका वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा गोष्ठी हुनेछ ।

चौथो दिन बैशाख २१ गते मादी गाउँपालिका वडा नं. ९ को सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरुका लागि खेलकुद तथा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको यस संस्थाका अध्यक्ष जेसी गणेश गिरीले जानकारी दिनुभएको छ ।
यस जेसीज सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत पाचौं दिन जेसीस सदस्य, पूर्व अध्यक्ष तथा स्थानीय समुदाय र विभिन्न संघ–संस्थाका व्यक्तिहरुलाई लक्षित गर्दै बृहत रक्तदान कार्यक्रम हुनेछ ।

छैटौं दिन बैशाख २३ गते मादी गाउँपालिका वडा नं। ३, ४ र ५ का वडाबासीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्ने आजको पत्रकार सम्मेलन माफर्त जानकारी दिइएको छ ।
यस्तै अन्तिम दिन बैशाख २४ गते युवा विद्यार्थीहरुलाई लक्षित गर्दै युवा विद्यार्थीहरुमा रहेको वाककला प्रस्फुटन गराउने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला