जेष्ठ नागरिक सरोकार समाज पुरुन्चौर शाखाको पाँचौ साधारण सभा सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । जेष्ठ नागरिक सरोकार समाज पुरुन्चौर शाखाले पाँचौ साधरण सभा सम्पन्न गरेकाे छ ।
अकला सामुदायिक भवन लामाचौरमा शाखा अध्यक्ष राधा देवी गौतमको अध्यक्षतामा भएको साधरण सभामा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे प्रमुख अतिथि रहनु भएको थियो ।

सभामा पुरुन्चौर शाखा अन्तर्गत रहेका आठ दिवा सेवाका दुई सय भन्दा बढी जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले,जेष्ठ नागरिक भनेका हाम्रो समाजका धरोहर हुन् , उनीहरुलाई मनैदेखि माया गरौं भन्नुभयो ।
वडाध्यक्ष पाण्डेले आज हामीले हाम्रा बाबा आमालाई जस्तो व्यवाहर गर्दछौं भोलि हाम्रा सन्तानहरुले पनि हामीलाई त्यस्तै व्यवाहर गर्नेछन् , त्यसैले वयोवृद्धहरुलाई माया गरौं, मन वचन र कर्मले सम्मान गरौं र हाम्रो आफ्नो व्यवाहर मार्फत सन्तानहरुलाई असल संस्कार सिकाउ भन्नुभयो ।

कार्यक्रममा लामाचौर अपाङ्गता स्वाभलम्वन समाज अध्यक्ष सरिता के।सी।, महिला अधिकार मंच गण्डकी प्रदेश अध्यक्ष दिल माया गुरुङ्, पोखरा १९ वडा सदस्य कल्पना सुनार , पोखरा १९ कै वडा सचिव श्रीराम पौडेल, विश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष पार्वती पौडेल, आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण बास्तोला, जेष्ठ नागरिक सदस्य मोहन प्रसाद पौडेल, विष्णु माया सापकोटा, त्रिभुवन शर्मा, बृहस्पति सापकोटा, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष चित्र बहादुर के।सी।ले समाजको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शाखा अन्तर्गत विभिन्न दिवा सेवाका ७५ वर्ष उमेर पुगेका ७० भन्दा बढी जेष्ठ नागरिकलाई रामनामी ओढाएर प्रशस्ति पत्र सहित सम्मान गरिएको थियो भने, काउरे निवासी नारायणी तिवारी र लामाचौर अकला निवासी गौरी देवी आचार्यलाई असल बुहारी विशेष सम्मानले सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक सदस्य एवं पोखरा १९ वडा सदस्य दुर्गा बस्नेतको संचालन रहेको सो कार्यक्रममा शाखा उपाध्यक्ष माधव प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला