ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशन तयारी पुरा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ७ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका ७ हजार बढि श्रमिक आवद्ध रहेको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसका दिन हुने जिल्ला अध्यक्ष विजयराज भण्डारीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहने छन् । २ सय ५० जना अधिवेसन प्रतिनिधि रहने कार्यक्रममा जिल्लामा आवद्ध १८ वटा प्रतिष्ठानबाट पर्यवेक्षकका रुपमा सहभागिता रहने सचिव रुद्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
ह्वाईट हाउस पार्टी प्यालेस सिर्जनाचोकमा सोमबार विहानदेखि हुने कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन र नयाँ नेतृत्व चयन हुने छ ।
श्रमिकहरुको हक अधिकार प्राप्ती, समस्या समाधानको लागि संगठित प्रजातान्त्रिक विचार धारामा विश्वास गर्ने श्रमिकहरुको एकतामा अधिवेशनले जोड दिने छ ।

४ वर्षे कार्यकाल रहने नयाँ नेतृत्व आवद्ध १८ वटा प्रतिष्ठानबाट आएका प्रतिनिधिबाट चुनिने छ ।
नयाँ नेतृत्व चयनसँगै केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महिला समिति, युवा समिति समेत चयन हुनेछ ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेका महाधिवेशन प्रतिनिधि एवं एटियुसी कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, एनटियुसीका पूर्व अध्यक्ष शिवराज अधिकारी, टंक अधिकारी लगायतले जवाफ दिएका थिए ।

पत्रकार सम्मेलनमा श्रमिकका मुद्धा राजनीतिक दलले कमजोर बनाउने काम गरे चुप लागेर नबस्ने चेतावनी समेत दिइएको थियो ।
दिनानुदिन श्रमिकलाई राज्यले उपेक्षा गरिरहेको चर्चा चलिरहँदा नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक मैत्री राज्यको नारा बोकेर अधिवेशनमा होमिएको जिल्ला अध्यक्ष विजयराज भण्डारीले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला