‘बन्दीपुरको विशेषता’ पोखरामा परिचर्चा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । देवीसरा सुनारद्वारा लिखित ‘बन्दीपुरको विशेषता’ कृतिको शुक्रवार एक समारोहबीच परिचर्चा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले अध्ययन र लेखनलाई उमेरले कहिल्यै नछेक्ने बताउनुभयो ।
कृतिको परिचर्चा गर्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष समीक्षक बलराम पौडेलले देवीसरा सुनारको बन्दीपुरको विशेषता कृतिमा देवीसराको जीवनदर्शन अभिव्यक्त भएको बताउनुभयो ।

कृतिकी स्रष्टा देवीसरा सुनारले हिमाल, पहाड, तराई जहाँका नेपाली रोए पनि सबैको आँसु एउटै हुने भएकाले आम नेपाली रुन नपरोस् भन्ने कामना गरेर कृति लेखेको बताउनुभयो ।
उहाँले बन्दीपुर आफ्नो कर्मथलो भएकाले पुस्तक बजारमा बिके पनि नबिके पनि एउटा दस्तावेज बनाउनका लागि भावना र चिन्तानलाई समेटेर किताब निकालेको बताउनुभयो ।

कृतिकारकी छोरी सीता सुनारले पौढ शिक्षा आर्जन गरेकी आमाले कापीका पानामा लेखेर राखेका टुक्राटुक्रीलाई जम्मा गरेर कृति प्रकाशन गरेर सबैका माझ ल्याएको बताउदैं प्रौढ शिक्षा पढ्दा आमा प्रथम भएको र घरमा बस्दा केही न केही लेखिरहने भएकाले वृद्धा अवस्थामा आफ्नो गाउँका बारेमा लेख्दै रहेकी आमाको इच्छा मर्न नदिनका लागि पहिला सानो र अहिले ठूलो आकारमा दोस्रो संस्करण कृति प्रकाशन गरेको बताउनुभयो ।
कार्यक्रममा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका महासचिव मदन भण्डारीले समाजमा विकृतिको जालो मौलाएकाले त्यस्ता विकृतिलाई यस्तै सिर्जनशील कार्यले निस्तेज पार्नुपर्ने बताउनुभयो ।
गीताञ्जली साहित्य परिवारका कार्यसमिति सदस्य नरेन्द्र रानाभाटले साहित्य साधनामा लाग्दाको यात्रा र यसबाट आउने आनन्द अन्य कुनै वस्तुसँग तुलना हुन नसक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा गजलकार विष्णु वास्तोला, साहित्यसेवी प्रशान्त सुनार, समाजसेवी पुनम पोखरेल लगायतले कृतिको सफलता र सर्जकको सुस्वास्थ्य र सुकीर्तिको कामना गरेका थिए ।

सोही समारोहबीच सुनारको लेखन यात्राको प्रोत्साहनका लागि हुर्जा गण्डकीद्वारा विशेष सम्मान गरिएको थियो । साथै उहाँका शुभेच्छुक शुभचिन्तकले पनि देवीसरालाई सम्मान गरेका थिए ।

मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले ७१ वर्षको उमेरमा पनि यसरी सिर्जनशील जीवन बिताएकी देवीसराको सिर्जनशीलताको योगदानको कदर शब्दमा गरेर नसकिने र व्यवहारिक जीवनमा अनुशरण गर्नुपर्ने बताउनुभयो ।
हुर्जाका उपाध्यक्ष वीरेन्द्र सापकोटाको स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव सुशील श्रेष्ठले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला